वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १२ : वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा....

काठमाडौं, जेठ १२ : वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जनाएको छ।
वीरगञ्जस्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार मृतकको रिपोर्ट पोजेटिभ आएसँगै नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको छ।
क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई जेठ २ गते अस्पतालको भेन्टिलेटरमा राखिएको थियो। उनको स्वाब परीक्षण गरिएपनि रिपोर्ट आउनु अघि नै उनको मृत्यु भइसकेको थियो।
मृतकका आफन्तले धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि पनि गरिसकेका छन्।











