काठमाडौंका तीन युवकमा कोरोना संक्रमण
काठमाडौं, जेठ १२ : काठमाडौंका तीन युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा....

काठमाडौं, जेठ १२ : काठमाडौंका तीन युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका तीन युवकमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरु टोखा र बुढानिलकण्ठ नगरपालिकाको रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए।
सोमबार थपिएका काठमाडौंका तीन संक्रमितमध्ये टोखा नगरपालिका ३ का २७ वर्षीय युवक र वडा नं. ६ का ४१ वर्षीय युवक रहेको छन्।
त्यस्तै, बुढानिलकण्ठ नगरपालिका३ का ३७ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
आज थपिएका तीन जनासँगै काठमाडौंमा संक्रमितको संख्या १२ पुगेको छ। जसमध्ये चार जना निको भएर घर फर्किएसकेका छन्।











