Kathmandu Press

गढीमाई नगरपालिकामा एकै दिन थपिए २१ जना संक्रमित

काठमाडौं, जेठ १२ : बाराको गढीमाई नगरपालिकामा एकै दिन २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा त....

गढीमाई नगरपालिकामा एकै दिन थपिए २१ जना संक्रमित

काठमाडौं, जेठ १२ : बाराको गढीमाई नगरपालिकामा एकै दिन २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार, संक्रमण देखिएका २१ जना गढीमाई नगरपालिकाकै हुन्।

संक्रमण देखिएकाहरु १८ देखि ५० वर्षसम्मका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार, १८ वर्षका चार जना, १९ वर्षका दुई जना, २० वर्षका तीन जना, २४ वर्षका दुई जना, २५ वर्षका तीन जना र ३६ वर्षका दुई जना रहेका छन्। त्यस्तै, २६, ३०, ३१, ४० र ५० वर्षका एकएक जना रहेका छन्।

गढीमाई नगरपालिकाका २१ जनामा संक्रमण देखिएसँगै देशभर संक्रमितको संख्या ६ सय ७५ पुगेको छ। अहिलेसम्म एक सय तीन जना निको भएका छन भने तीन जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: ११:२० बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्