Kathmandu Press

चार महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना

वीरगञ्ज, जेठ १२ : चार महिने शिशुसहित पर्साका एकै परिवारका १८ जनाले कोरोनालाई जितेका छन्। उनीहरु गएराति अस्पतालबाट घर फर्केका छन्।

वीरगन्जस्थ....

चार महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना

वीरगञ्ज, जेठ १२ : चार महिने शिशुसहित पर्साका एकै परिवारका १८ जनाले कोरोनालाई जितेका छन्। उनीहरु गएराति अस्पतालबाट घर फर्केका छन्।

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत १४ जना निको भएका हुन्। चार महिने शिशुसहित १८ जनाको दुई पटक स्वाब परीक्षण गर्दा रिपोर्ट कोरोना नदेखिएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताएश्र

निको हुनेहरुमा वीरगञ्ज महानगरपालिका३ का चार महिने शिशुदेखि ६२ वर्षीया बृद्धा रहेका छन्।

उनीहरुलाई आइतबार राति करिब ११ बजे डिस्चार्ज गरिएको हो। उनीहरु  वैशाख २४ गते अस्पताल भर्ना भएका थिए।

३७ वर्षीय पुरुषमा वैशाख २१ गते कोरोना देखिएपछि पूरै परिवारको परीक्षण गरिएको थियो। उनीहरु सबैमा कोरोना देखिएको थियो । उनीहरु कसैमा पनि कोरोनाको लक्ष्यण नदेखिएको चिकित्सकहरुले बताएका छन्।

उनीहरु डिस्चार्ज भएसँगै कोरोनाबाट निको हुनेको संख्या एक सय पाँच पुगेको छ। अहिलेसम्म नेपालमा ६ सय तीन जनामा कोरोना देखिएको छ भने तीन जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १०:५१ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्