Kathmandu Press

नेपालमै पहिलो धार्मिक होमस्टे सन्चालन गर्दै अर्जुनचौपारी गाउँपालिका

होमस्टे कार्यक्रम नेपालका धेरै स्थानमा भएको भएतापनि यस प्रकारको धार्मिक होमस्टे अवधारणा सम्भवतः नेपालमै पहिलो भएको तिवारीले बताए ।
नेपालमै पहिलो धार्मिक होमस्टे सन्चालन गर्दै अर्जुनचौपारी गाउँपालिका

स्याङ्जा, चैत :  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर क्षेत्रमा होमस्टे सन्चालन गरिने भएको छ । 

पालिकालाई धार्मिक पर्यटनको महत्वपुर्ण केन्द्रका रुपमा विकसित गराएको अर्जुनचौपारीले पर्यटनको दायरालाई अझ फराकिलो बनाउन धार्मिक होमस्टे कार्यक्रम अगाडि सारिएको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । होमस्टे कार्यक्रम नेपालका धेरै स्थानमा भएको भएतापनि यस प्रकारको धार्मिक होमस्टे अवधारणा सम्भवतः नेपालमै पहिलो भएको तिवारीले बताए । 

Hardik ivf

गाउँपालिकाले मंगलबार मात्रै सार्वजनिक सूचना जारी गर्दै स्थानीय बासिन्दा तथा टोल समूहलाई होमस्टे सञ्चालनका लागि आवेदन दिन आह्वान गरेको हो । नवग्रह मन्दिर दर्शन गर्न आउने भक्तजन तथा पर्यटकलाई स्थानीय कला, संस्कृति, परम्परा र अर्गानिक खानपानसहितको आतिथ्यता प्रदान गर्ने उद्देश्यले यस्तो अवधारणा अगाडि सारिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए । यसबाट एकातर्फ धार्मिक पर्यटन प्रवर्द्धन हुने र अर्कोतर्फ स्थानीयस्तरमा आम्दानीका नयाँ अवसर सिर्जना हुने अर्यालले बताए । 

स्थानीय सहभागितामै आधारित भएर नवग्रह क्षेत्रको विकास गर्न खोजिएको उनले बताए । यसरी बनाइने धार्मिक होमस्टेले बास बस्ने गरि नवग्रहको पुजाआजा गर्न सक्नेछन् । 

पालिकाको सुचनामा होमस्टे सञ्चालनका लागि निश्चित मापदण्डसमेत तोकिएका छन् । कम्तीमा दुईवटा सफा पाहुना कोठा, व्यवस्थित शौचालय, स्थानीय उत्पादनमा आधारित अर्गानिक खाना, सात्विक भोजन र अनुशासित वातावरण अनिवार्य गरिएको छ । साथै, बेलुकीको समयमा भजन–कीर्तनमार्फत आध्यात्मिक वातावरण निर्माण गर्नुपर्ने व्यवस्था पनि राखिएको छ ।

यस्तै, दर्ता प्रक्रियाका लागि आमा समूह शाखाबाट तोकिएको फारम भर्नुपर्नेछ भने इच्छुकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गाउँपालिका वा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने बताईएको छ । 

प्रकाशित मिति: ०८:२१ बजे, बिहीबार, चैत ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्