Kathmandu Press

कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघ्यो 

काठमाडौं, जेठ १२ : विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघेको छ । ५४ लाख ९८ हजार बढी संक्रमित मध्ये २३ लाख १ हजार उपचार प....

कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघ्यो 

काठमाडौं, जेठ १२ : विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघेको छ । ५४ लाख ९८ हजार बढी संक्रमित मध्ये २३ लाख १ हजार उपचार पछि निको भएका छन् ।

पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । संक्रमितको संख्या १६ लाख ८५ हजार नाघेको छ । बेलायतमा २ लाख ५९ हजार संक्रमित मध्ये ३६ हजार ७ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख २९ हजार ८ सय संक्रमित र ३२ हजार ७ सय बढीको मृत्यु भएको छ ।

Hardik ivf

फ्रान्समा १ लाख ८२ हजार ५ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ३ सय नाघेको छ । यस्तै स्पेनमा २ लाख ८२ हजार ८ सय बढी कोरोना संक्रमित मध्ये २८ हजार ७ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ६३ हजार २ सय बढी संक्रमित हुंदा २२ हजार ६ सय बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय ७४ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ । रसियामा ३ लाख ४४ हजार ४ सय बढी संक्रमितमा मृत्यु हुनेको संख्या ३ हजार ५ सय नाघेको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय नाघ्दा ४ हजार २४ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: ०८:०० बजे, सोमबार, जेठ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्