Kathmandu Press

सफ्टवेयरमा समस्या आएपछि २ घन्टा नेप्से कारोबार बन्द  

काठमाडौं, फागुन २६ : नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सफ्टवेयरमा रहेको नेटवर्कको लेयरमा समस्या देखिएको भन्दै आइतबार मध्यान्न १२ः४१ बजेदेखि सेयर का....

सफ्टवेयरमा समस्या आएपछि २ घन्टा नेप्से कारोबार बन्द  

काठमाडौं, फागुन २६ : नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सफ्टवेयरमा रहेको नेटवर्कको लेयरमा समस्या देखिएको भन्दै आइतबार मध्यान्न १२ः४१ बजेदेखि सेयर कारोबार हुन सकेन । २ घन्टा १५ मिनेटसम्म पनि सफ्टवेयरमा समस्या आएपछि समय थप नै नगरी आइतबारको कारोबार बन्द गरियो ।  

सफ्टवेरमा समस्या देखिएकोले प्राविधिकहरूले मर्मत जारी राखेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । यता लगानीकर्ताहरूले भने  सेयर लगानीकर्तालाई नेप्सेले खेलबाड गरेको आरोप लगाएका छन्  । 

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले कसको बदमासीको कारणले आज कारोबारबाट बञ्चित हुनु परेको हो भन्ने जानकारी सम्बद्ध निकायले गराउनुपर्ने माग गरेकी छिन् । 

‘गत कात्तिक २० गते उद्घाटन गरिएको नयाँ भर्सनको लागि भन्दै १९ करोड खर्च गरिएको छ, तर बारम्बर समस्या किन आउँछ ?’ अध्यक्ष पोखरेलले सोधिन् । नेप्सेले पटक पटक समस्या दोर्‍याएको भन्दै लगानीकर्ता चुप लागेर नबस्ने चेतावनी समेत दिएकी छन् ।  
 

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, फागुन २६, २०७५