Kathmandu Press

कोरोना महामारीबाट अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक 

काठमाडौं, जेठ १२ : कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टाम....

कोरोना महामारीबाट अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक 

काठमाडौं, जेठ १२ : कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६१७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार ३०० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ६०८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या १६ लाख ८५ हजार १६७ पुगेको छ । संक्रमितमध्ये ४ लाख ५१ हजार ५८४ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ११ लाख ३४ हजार २९७ जनामध्ये १७ हजार १३५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: ०६:५६ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्