Kathmandu Press

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो 

काठमाडौं, जेठ १२ : भारतमा कोरोना भाइरस संक्रमणबाट ४ हजार २४ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या १ लाख ३८ हजार नाघेक....

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो 

काठमाडौं, जेठ १२ : भारतमा कोरोना भाइरस संक्रमणबाट ४ हजार २४ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ ।

एकै दिन थप ७ हजार ११३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको हो ।पछिल्लो २४ घण्टामा त्यहाँ थप १५६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसकोको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

प्रकाशित मिति: ०६:४९ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्