Kathmandu Press

पाकिस्तानी पूर्वक्रिकेटर उमरमा देखियो कोरोनाको संक्रमण

काठमाडाैं, जेठ ११ : पाकिस्तानी पूर्वक्रिकेटर तौफिक उमरमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्यमा सामान्य समस्या आएपछि कोरोरा परीक्षण गराउँदा उनको रिपोर्....

पाकिस्तानी पूर्वक्रिकेटर उमरमा देखियो कोरोनाको संक्रमण

काठमाडाैं, जेठ ११ : पाकिस्तानी पूर्वक्रिकेटर तौफिक उमरमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्यमा सामान्य समस्या आएपछि कोरोरा परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो।

३८ वर्षीय तौफिकको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ। तौफिकले पत्रकारहरुसँग कुरा गर्दै भनेका छन्,‘अघिल्लो रात आफैँले अस्वस्थ्य महसुस गरेपछि कोरोना परीक्षण गराएको थिएँ, रिपोर्ट पोजेटिभ आयो। अहिले अवस्था सामान्य नै छ। अहिले घरमै आइसोलेसनमा बसेको छु।’

तौफिक कोरोना संक्रमित हुने चौथो क्रिकेटर हुन्। यसअघि पाकिस्तानकै जफर सर्फराज, दक्षिण अफ्रिकाका सोले एनक्वेनी तथा स्कटल्यान्डका माजिद हकमा पनि कोरोना संक्रमण देखिएको थियो। 

ब्याटिङ अलराउन्डर तौफिकले पाकिस्तानका लागि ४४ टेस्ट र २२ एकदिवसीय खेल खेलेका छन्। उनले टेष्टमा दुई हजार नौं सय ६३ रन बनाएका छन् भने एकदिवसीयमा पाँच सय चार रन बनाएका छन्। सन् २००१ मा बंगलादेशविरुद्ध डेब्यू गरेका तौफिकले सन् २०१४ मा न्यूजिल्यान्डविरुद्ध अन्तिम पटक राष्ट्रिय टिमबाट खेलेका थिए।

प्रकाशित मिति: १९:५३ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्