आर्थिक वृद्धिदर १ प्रतिशतबाट नबढ्ने कांग्रेसको प्रक्षेपण, १४ खर्बभन्दा बढीको बजेट नल्याउन सुझाव (प्रतिवेदनसहित)
काठमाडौं, जेठ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चालु आर्थिक वर्षमा १ आर्थिक वृद्धिदर एक प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।
....
काठमाडौं, जेठ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चालु आर्थिक वर्षमा १ आर्थिक वृद्धिदर एक प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।
कांग्रेसले केही समयअघि गठन गरेको अर्थतन्त्र विशेष समितिले चालु आर्थिक वर्षमा सरकारले ८ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि लकडाउन लम्बिँदै जाँदा वृद्धिदर १ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो।
‘चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ दशमलब ५ प्रतिशत सरकारी लक्ष्यको तुलनामा विश्व बैंकको अनुमान १ दशमलब ५ र २ दशमलब ८ प्रतिशतको बिचमा रहनेछ। तथ्यांक विभागले गत महिनामा गरेको प्रक्षेपण अनुसार यो वर्ष समग्र आर्थिक वृद्धिदर २ दशमलब ३ प्रतिशतमा रहने भएतापनि लकडाउन लम्बिँदै गएको अवस्थाले गर्दा लगभग १ प्रतिशतमा झर्ने अनुमान हुन थालेको छ,’ समितिको प्रतिवदेनमा भनिएको छ।
पूर्वअर्थमन्त्री डा. रामशरण महत नेतृत्वको समितिले आगामी आर्थिक वर्षका लागि १४ खर्ब भन्दा बढीको बजेट नल्याउन सुझावसमेत दिएको छ। उक्त समितिले तयार गरेको २७ पृष्ठ लामो अध्ययन प्रतिवेदनमा चालु वर्षमा खर्च नभएको रकम र केन्द्रीय बैंकको ओभर ड्राफ्टसमेतको सम्भावित आँकलन गरेर बजेट ल्याउन सुझाव दिएको छ।
संघीय राजश्व ९ खर्बसम्म हुने अनुमान गरेको समितिले आन्तरिक ऋण कुल ग्राहस्थ उत्पादनको अनुपातमा करीब ५ प्रतिशत रहने गरी २ खर्बको हाराहारीमा उठाउन सकिने आँकलन गरेको छ। स्रोत, शर्त र क्षेत्र हेरेर विदेशी ऋणपनि २ खर्ब २५ अर्बसम्म उठ्ने र अनुमान गरेको छ।
हेर्नुहोस् प्रतिवेदन











