Kathmandu Press

लकडाउनमा पनि आइतबार भारतमा कैयौंको विवाह

बेङ्लोर, जेठ ११ : सरकारले तय गरेका मापदण्डहरुलाई अबलम्बन गर्दै भारतमा आइतबार धेरै जोडीले लकडाउनका बेलामा पनि बैबाहिक जीवन शुरु गरेका छन्। 

....
लकडाउनमा पनि आइतबार भारतमा कैयौंको विवाह

बेङ्लोर, जेठ ११ : सरकारले तय गरेका मापदण्डहरुलाई अबलम्बन गर्दै भारतमा आइतबार धेरै जोडीले लकडाउनका बेलामा पनि बैबाहिक जीवन शुरु गरेका छन्। 

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेपनि अत्यावश्यक कामका लागि भने लचकता देखाएको छ। यस्तै अत्यावश्यक काम अन्तर्गत बैबाहिक कामलाई पनि मानिएको छ। 

उपयुक्त र पर्याप्त आधारहरु देखाउन सके, अहिले नै गर्नु पर्ने बाध्यात्मक कारण पेश गर्न सकेमा र पहिले नै निर्धारण भएको अवस्थामा सरकारले बैबाहिक कार्यक्रम गर्नका लागि अनुमती दिने गरेको छ। 

Hardik ivf

यही आधारमा आइतबार कैयौँ जोडी बैबाहिक जीवनमा बाँधिएका छन्। उनीहरुलाई भिडभाड नगरी आधारभूत धार्मिक तथा सांस्कृतिक प्रक्रिया पुरा गर्न अनुमती दिइएको छ। 

बैबाहिक कार्यक्रम गर्दा सामाजिक दुरी कायम गर्नु पर्ने, ५० जना भन्दा बढी सहभागी हुन नपाउने, मास्क र पञ्जा लगाउनु पर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनै पर्ने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्। 

बैबाहिक जीवन शुरु गर्न लागेका अधिकांश बेहुला बेहुलीहरुले पनि मास्क लगाएका थिए भने अन्य सहभागीलाई अनिवार्य नै गरिएको थियो। 

बैबाहिक कार्यक्रममा गर्भवती, ६५ वर्षभन्दा माथिका बृद्धबृद्धा र १० वर्षभन्दा साना बालबालिकालाई सहभागी गराउन नपाइने व्यवस्था गरिएको छ।

विवाह गरिएको ठाउँमा सेनिटाइजरको पर्याप्त उपलब्धता र प्रयोग हुनु पर्ने र थर्मल गन मार्फत सबैको ज्वरो नाप्ने व्यवस्था पनि गर्नु पर्ने सरकारले जारी गरेको निर्देशिकामा उल्लेख छ। 

कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै आइरहेको छ। भारतमा अहिले चौथो चरणको लकडाउन छ। यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ । 

उनीहरुको बैबाहिक कार्यक्रमलाई अन्य अवस्थाको भन्दा फरक मानिएको छ । 

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्