कपिलवस्तुमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ ११ : कपिलवस्तुमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
आइतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गर....

काठमाडौं, जेठ ११ : कपिलवस्तुमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
आइतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुका थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। संक्रमितहरु कपिलवस्तुको मायादेवी–३ खैराती का ३५, ३७ र ५२ वर्षीय पुरुष रहेको प्रवक्ता डा. देवकोटाले बताए।
संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको प्रवक्ता देवकोटाले बताए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६०३ पुगेको छ।
प्रकाशित मिति: १७:०० बजे, आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











