Kathmandu Press

रुपन्देहीमा थपिए ६ जना कोरोना संक्रमित 

काठमाडौं, जेठ ११ :  रुपन्देहीमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

आइतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गर....

रुपन्देहीमा थपिए ६ जना कोरोना संक्रमित 
फाइल

काठमाडौं, जेठ ११ :  रुपन्देहीमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

आइतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीमा थप ६ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

उनका अनुसार संक्रमितहरु रुपन्देही समरीमाई गाउँपालिकाका–५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष र रुपन्देहीकै गैडहवा गाउँपालिकाका २३, ३० तथा ४० वर्षीय पुरुष रहेका छन्।  

संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको प्रवक्ता देवकोटाले बताए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६०३ पुगेको छ। 

प्रकाशित मिति: १६:४९ बजे, आइतबार, जेठ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्