Kathmandu Press

घुससहित पक्राउ परेका दोलखाका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ ११ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर ग....

घुससहित पक्राउ परेका दोलखाका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ ११ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सेवाग्राहीबाट २ लाख ३ हजार ५ सय रुपैयाँ घुस लिएको भन्दैउनीविरुद्ध मुद्दा दायर गरेको हो। 

श्रेष्ठलाई प्रहरीले काठको व्यापार गर्ने विभिन्न व्यापारीसँग रकम उठाएर सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गर्दा पक्राउ गरेको हो।

उनले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेत भुलेर बद्नियतपूर्वक काठ व्यवसायीहरूलाई अनुचित प्रभावमा पारी घुस दिन वाध्य पारेको अभियोगपत्रमा उल्लेख छ। उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत हदैसम्मको कारवाही गर्न माग गरिएको छ।

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्