काठमाडौंमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ ११ : काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा ग....

काठमाडौं, जेठ ११ : काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौं सोह्रखुटेका ६९ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको सम्पर्कमै रहेको प्रवक्ता देवकोटाले बताए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६०३ पुगेको छ।
प्रकाशित मिति: १६:४३ बजे, आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











