राष्ट्रियसभाको बैठक मंगलबार बस्ने तय
काठमाडौं, जेठ ११ : राष्ट्रियसभाको सोमबारका लागि तय गरिएको बैठक मंगलबार सरेको छ। सोमबार मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक स्थगन गरी मं....

काठमाडौं, जेठ ११ : राष्ट्रियसभाको सोमबारका लागि तय गरिएको बैठक मंगलबार सरेको छ। सोमबार मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक स्थगन गरी मंगलबार बिहान ११ बजे बस्ने तय गरिएको हो।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति तय गरेका हुन्। सिंहदरबारस्थित राष्ट्रियसभाको अध्यक्षको कार्यकक्षमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यससम्बन्धी निर्णय गरेको थियो।
मुस्लिम समुदायको महान् पर्व इदुल फित्र परेको र सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले नियमावलीअनुसार सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निष्कर्ष निकालेको हो।











