Kathmandu Press

सुर्खेत १ मा कांग्रेस र २ मा एमालेको अग्रता

सुर्खेत १ मा दुई हजार मत गणना हुँदा नेपाली कांग्रेसका बिष्णुबहादुर खड्काले दुईसहित ५१ मतान्तरले अग्रता लिएका छन्।
सुर्खेत १ मा कांग्रेस र २ मा एमालेको अग्रता

सुर्खेत, फागुन २२ : सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन्।

सुर्खेत १ मा दुई हजार मत गणना हुँदा नेपाली कांग्रेसका बिष्णुबहादुर खड्काले २५१ मतान्तरले अग्रता लिएका छन्।

नेपाली कांग्रेसका खड्काले सात सय ९६ मत ल्याएका छन्। रास्वपाका टेकबहादुर सिंहले पाँच सय ४५ मत ल्याएर पछ्याइरहेका छन्। नेकपा एमालेका ध्रुवकुमार शाहीले चार सय २७ र नेकपाका जितबहादुर रानाले ७७ मत प्राप्त गरेका छन्।

यता सुर्खेत क्षेत्र नम्बर २ नेकपा एमालेका उम्मेदवार कुलमणी देवकोटाले सुरुवाती अग्रता लिएका छन्। देवकोटाले ३१५ मत पाएका छन्।

यस्तै, नेपाली कांग्रेसका नारायण कोइरालाले २१७, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्