मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी
लगातार दोस्रो पटक विजयी भएका उनले ३३०७ मत प्राप्त गरेका छन्। तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिकता घोषणा गर्न भने बाँकी छ।
मुस्ताङ, फागुन २२ : प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी भएका छन्।
लगातार दोस्रो पटक विजयी भएका उनले ३३०७ मत प्राप्त गरेका छन्। तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिकता घोषणा गर्न भने बाँकी छ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधारा विष्टले १८०६ मत ल्याउँदा रास्वपाका उम्मेदवार अधितीयचन्द्र थकालीले ७५९ मत ल्याएका छन्।
मुस्ताङमा मतदाता ११ हजार ३२८ मत रहेकोमा ६३८८ मात्रै मत खसेको थियो।
योगेश २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए ।
प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार