धनुषा ३ मा रास्वपाका मनिष झा अगाडि, कांग्रेसका विमलेन्द्र निधि झण्डै ६ हजार मतले पछि
रास्वपाका उम्मेदवार मनिष झाले ९ हजार ०१२ मत प्राप्त गर्दा कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म ३ हजार १०७ मत प्राप्त गरेका छन्।
धनुषा, फागुन २२ : धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले अग्रता लिइएको छ।
रास्वपाका उम्मेदवार मनिष झाले ९ हजार ०१२ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म ३ हजार १०७ मत प्राप्त गरेका छन्।
त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ। नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ४८०मत प्राप्त गरेकी छन्।
प्रकाशित मिति: १२:२२ बजे, शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












