रौतहट ४ मा रास्वपाका गणेश पौडेल भारी मतान्तरले अगाडि, ऋषि धमलाको १० मत
रास्वपाका गणेश पौडेलले २,७२५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाले ९८३ मत प्राप्त गरेका छन्। पौडेल र तिमल्सिनाबीचको मतान्तर १,७४२ पुगेको छ।
रौतहट, फागुन २२ : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सुरुवाती अग्रतालाई झन् बलियो बनाउँदै लगेको छ।
पछिल्लो ५,०९२ मतको गणना सकिँदा रास्वपाका उम्मेदवार गणेश पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन्।
प्राप्त नतिजा अनुसार रास्वपाका गणेश पौडेलले २,७२५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाले ९८३ मत प्राप्त गरेका छन्। पौडेल र तिमल्सिनाबीचको मतान्तर १,७४२ पुगेको छ।
त्यस्तै, नेकपाका रामकुमार भट्टराई ८८६ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामजी साहले १२८ मत मात्र प्राप्त गरेका छन्।
जनमत पार्टीका उम्मेदवार राम कल्याण राउत १७ मत, जसपाका उम्मेदवार राजकुमार दास तत्मा १२ मत र आम जनता पार्टीका उम्मेदवार ऋषिराज धमला १० मत प्राप्त भएको छ।
गणना भएको कुल मतमध्ये २३५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अहिले गणना कार्य सुस्त तर सुरक्षित रूपमा अगाडि बढिरहेको छ । सुरुवाती रुझान हेर्दा यस क्षेत्रमा ‘घण्टी’ को प्रभाव निकै बलियो देखिएको छ।












