Kathmandu Press

रास्वपाले खोल्यो खाता, काठमाडौं १मा रञ्जु दर्शना विजयी

काठमाडौं क्षेत्र नं. १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छिन्। उनी १५ हजार ४५५ मत ल्याउँदै विजयी भइन्।
रास्वपाले खोल्यो खाता, काठमाडौं १मा रञ्जु दर्शना विजयी

काठमाडौं, फागुन २२ : बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले खाता खोलेको छ। 

काठमाडौं क्षेत्र नं. १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छिन्। उनी १५ हजार ४५५ मत ल्याउँदै विजयी भइन्।

६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए हुँदा यअघिका दुई निर्वाचनमा झिनो मतले कांग्रेसका प्रकाशमा सिंहसँग पराजित भएका राप्रपाका रवीन्द्र मिश्र ३ हजार ९७२ मतसहित तेस्रो भए।

यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।

रञ्जु दर्शना वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा चिनिएको नाम हो। १७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिइन्।

सुरुमा रास्वापाको समानुपातिक सूचीमा रहेकी उनले समानपातिक सूचीबाट नाम फिर्ता लिँदै प्रत्यक्षमा उम्मेवारी दिएकी थिइन्।

प्रकाशित मिति: १०:४५ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्