Kathmandu Press

रामेछापका सबै मतपेटिका सदरमुकाम मन्थली आइपुगे, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

जिल्लाका ९६ मतदानस्थल अन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिका सदरमुकाम ल्याइएपछि अब मतगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ।
रामेछापका सबै मतपेटिका सदरमुकाम मन्थली आइपुगे, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

रामेछाप, फागनु २२ : रामेछाप जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम मन्थलीमा सङ्कलन गरिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म जिल्लाभरका सबै मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मन्थली ल्याइपुर्‍याइएको हो।

जिल्लाका ९६ मतदानस्थल अन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिका सदरमुकाम ल्याइएपछि अब मतगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ। कार्यालयका अनुसार मतपेटिका संकलनको काम पूरा भएसँगै आज बिहान ९ बजे सर्वदलीय बैठक बोलाइएको छ।

Hardik ivf

उक्त बैठकमा मतगणनासम्बन्धी प्रक्रिया, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनका विषयमा छलफल गरिने जनाइएको छ। सर्वदलीय बैठक सम्पन्न भएपछि मात्रै औपचारिक रूपमा मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तगणनाका लागि मन्थलीस्थित मालपोत कार्यालय परिसरमा मतगणनास्थल तयार पारिएको छ। आवश्यक सुरक्षासहित मतगणनाका लागि कर्मचारी तथा प्रतिनिधिहरूलाई तयारी अवस्थामा राखिएको बताइएको छ।

रामेछापमा यसपटक कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका थिए। तीमध्ये ९० हजार ७ सय १० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यो कुल मतदाताको करिब ४८ प्रतिशत हो।

मतदान सम्पन्न भएपछि जिल्लाभरबाट मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याउने कार्य पूरा भएसँगै अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ।

 

प्रकाशित मिति: १०:१७ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्