पूर्वसांसद पौडेललाई जोडेर कोरोनाबारे हल्ला फैलाउने युवक पक्राउ
हेटौंडा, जेठ ११ : सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पूर्वसांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्य....

हेटौंडा, जेठ ११ : सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पूर्वसांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनन्त पौडेल र उनकी श्रीमतीका बारेमा भ्रामक प्रचार गरेका भन्दै निजगढ नगरपालिका १२ रतनपुर घर भएका रिजाललाई वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले पक्राउ गरेको हो।
रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा हेटौँडा–३ मा कोरोना संक्रमित भएकी महिला पूर्वसांसद पौडेलकी श्रीमती भएको र घरमा क्यानडाबाट आएको छोरीले पार्टी दिएको, सूर्यले हेटौँडा डुबाउँदैछ भन्ने अफवाह फैलाउँदै भ्रामक भिडियो पोष्ट गरेका थिए।
उक्त भिडियो सामाजिक सञ्जालमा फैलिएपछि पौडेलसहित हेटौँडावासीले रिजाललाई पक्राउ गर्न चौतर्फी दबाब दिएका थिए। पक्राउ परेका रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको, घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।











