Kathmandu Press

काठमडाैंका ७ क्षेत्रमा रास्वपाकाे अग्रता

प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा रहेकी छन्।
काठमडाैंका ७ क्षेत्रमा रास्वपाकाे अग्रता

काठमाडौं, फागुन २२ : बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले काठमाडौंका ७ निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्। प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा रहेकी छन्।

त्यस्तै काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित अघि छन् भने काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता कायम गरेका छन् ।

Hardik ivf

यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अगाडि रहेका छन्।

मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन्।

रास्वपाले अग्रता बनाएका क्षेत्रहरू

  • काठमाडौं–१ स् रञ्जु न्यौपाने – ९,०७८ मत
  • काठमाडौं–८ स् विराज भक्त श्रेष्ठ – ७,६१७ मत
  • काठमाडौं–१० स् प्रदीप विष्ट – ६,०४२ मत
  • काठमाडौं–५ स् सस्मित पोखरेल – ३,७०० मत
  • काठमाडौं–४ स् पुकार बम – २,५२९ मत
  • काठमाडौं–७ स् गणेश पराजुली – २,८३३ मत
  • काठमाडौं–६ स् शिशिर खनाल – २,२३८ मत

प्रकाशित मिति: ०९:०७ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्