Kathmandu Press

बालेन शाह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि

पछिल्लो प्राप्त मत परिणामअनुसार शाहले १ हजार ४७८ मत प्राप्त गरेका छन् भने ओलीले ३८४ मत प्राप्त गरेका छन्।
बालेन शाह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि

काठमाडौं, फागुन २२ : झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि देखिएका छन्।

पछिल्लो प्राप्त मत परिणामअनुसार शाहले १ हजार ४७८ मत प्राप्त गरेका छन् भने ओलीले ३८४ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १३९ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का रञ्जित तामाङले ५९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति: १०:०३ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्