Kathmandu Press

भक्तपुर–२मा रास्वपाका राजीवको अग्रता, एमालेका महेश दोस्रो

रास्वपाका राजीव खत्रीले ३ हजार ६० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार ५७३ मतसहित पछ्याइरहेका छन्।
भक्तपुर–२मा रास्वपाका राजीवको अग्रता, एमालेका महेश दोस्रो

काठमाडौं, फागुन २२ : भक्तपुर–२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार राजीव खत्रीले अग्रता कायमै राखेका छन्।

रास्वपाका राजीव खत्रीले ३ हजार ६० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार ५७३ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै कांग्रेसका कबीर राना ४८४ मतसहित तेस्रो स्थानमा छन्। नेमकिपाका रमेश वैद्यले १६१ मत प्राप्त गरेका छन्। 

उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५ मत र राप्रपाका विक्रम थापाले ७३ मत ल्याएका छन्।

प्रकाशित मिति: ०९:५९ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्