Kathmandu Press

काठमाडौं ३ र १० को त्रिविको स्मृति भवनमा सुरु

कीर्तिपुरस्थित त्रिविको स्मृति भवनमा भर्खरै मतगणना सुरु भएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
काठमाडौं ३ र १० को त्रिविको स्मृति भवनमा सुरु

काठमाडाैं, फागुन २१ : काठमाडौं ३ र १० को मतगणना सुरु भएको छ। 

काठमाडौं ३ की निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार बिहीबार राति साढे १० बजेदेखि मतगणना सुरु भएको हो । मतगणना चामुण्डा मावि नारायणटारमा जारी छ ।   

काठमाडौं १० काे कीर्तिपुरस्थित त्रिविको स्मृति भवनमा भर्खरै मतगणना सुरु भएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। 

उनका अनुसार दक्षिणकाली नगरपालिकाबाट मतगणना सुरु भएको छ।  

आज भएकाे मतदानमा ६० प्रतिशत मत खसेकाे प्रारम्भिक अनुमान छ।

 

प्रकाशित मिति: २३:४५ बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्