Kathmandu Press

कर्णालीमा ५३ प्रतिशत मत खस्यो, सबै भन्दा धेरै हुम्लामा सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर दुईमा

निर्वाचनको लागि तोकिएको समय साँझ पाँच बजेसम्म लाइनमा बसेका मतदाताले गरेको मतदानसहित ६ बजे सम्पन्न मतदानमा ५२ दशमलव ९ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
कर्णालीमा ५३ प्रतिशत मत खस्यो, सबै भन्दा धेरै हुम्लामा सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर दुईमा

सुर्खेत, फागुन २१ : बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा झण्डै ५३ प्रतिशत मत खसेको छ। निर्वाचनको लागि तोकिएको समय साँझ पाँच बजेसम्म लाइनमा बसेका मतदाताले गरेको मतदानसहित ६ बजे सम्पन्न मतदानमा ५२ दशमलव ९ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा सबैभन्दा धेरै मत हुम्लामा ६४ दशमलव १५ प्रतिशत र सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर दुईमा ४३ दशमलव सात प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकमा ५४ दशमलव ५७ प्रतिशत र क्षेत्र नम्बर दुईमा ५६ दशमलव ३ प्रतिशत मत खसेको छ।

Hardik ivf

त्यस्तै दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा ५० दशमलव ५१ प्रतिशत, जाजरकोटमा ५६ दशमलव ६५ प्रतिशत, सल्यानका ४४ दशमलव ४० प्रतिशत, रुकुम पश्चिममा ५८ दशमलव ४४ र कालिकोटमा ४८ दशमलव ६२ प्रतिशत मत खसेको छ । जम्ुलामा ५६ दशमलव ६५, मुगुमा ५८ दशमलव ९० र डोल्पामा ६३ दशमलव १४ प्रतिशत मतदान भएको छ। 

बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमा एक सय ३८ जना उम्मेदवार मैदानमा छन्।

यहाँको १२ निर्वाचन क्षेत्रका नौ सय ४१ मतदानस्थलमा मतदान भएको थियो। १० लाख ३७ हजार २५० मतदाता रहेको कर्णालीमा जम्मा पाँच लाख ५४ हजार ३४१ मतदाताले मतदान गरेका छन् । सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट मत पेटिका सदरमुकाम ल्याइने छ। 

हिमाली जिल्ला डोल्पा र हुम्लामा मतपेटिका ल्याउन हेलिकोप्टर प्रयोग गरिने र मतपेटिका संकलन भए पश्चात आजै मतगणना सुरु गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्