Kathmandu Press

रौतहटमा मतदान सम्पन्न, आजै रातिदेखि मतगणना सुरु गरिने

मुख्य निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार मतपेटिका संकलन र आवश्यक व्यवस्थापनको कार्य सकिनेबित्तिकै गणना प्रक्रिया अघि बढाइनेछ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका लागि चारवटा स्थान तोकिएको छ।
रौतहटमा मतदान सम्पन्न, आजै रातिदेखि मतगणना सुरु गरिने

रौतहट, फागुन २१  : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। निर्वाचन सम्पन्न भएसँगै जिल्लाका चारवटै क्षेत्रमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।

Hardik ivf

मुख्य निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार मतपेटिका संकलन र आवश्यक व्यवस्थापनको कार्य सकिनेबित्तिकै गणना प्रक्रिया अघि बढाइनेछ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका लागि चारवटा स्थान तोकिएको छ।

रौतहट क्षेत्र नं. १ को जुद्ध माध्यमिक विद्यालय, गौर क्षेत्र नं. २ को ब्रम्हज्योति मावि, लौकाहा , क्षेत्र नं. ३ को जनता मावि, कटहरिया र क्षेत्र नं. ४ को जनज्योति उच्च मावि, चन्द्रनिगाहपुर तोकिएको हो। 

अहिले सबै मतदान केन्द्रबाट मतपेटिकाहरू तोकिएका गणना स्थलमा ल्याउने क्रम जारी छ । मतगणना स्थलको सुरक्षा व्यवस्था निकै कडा पारिएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्