नौ दिनपछि पशुपतीको विद्युतीय शवदाह गृह र किरियापुत्री भवन सञ्चालनमा
काठमाडौं, जेठ ११ : कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरेको नौ दिनपछि पशुपतिस्थित विद्युतीय शवदाह गृह सञ्चालनमा आएको छ।
विद्य....

काठमाडौं, जेठ ११ : कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरेको नौ दिनपछि पशुपतिस्थित विद्युतीय शवदाह गृह सञ्चालनमा आएको छ।
विद्युतीय शवदाह यन्त्र चलाउने प्राविधिक कर्मचारीले संक्रमित महिलाको शवदाह गरेकोले उनीहरुको पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि शवदाह गृह सञ्चालनमा ल्याइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए।
शवदाहको विद्युतीय यन्त्र चलाउने प्राविधिक पर्याप्तमात्रामा नभएकोले शवदाह सञ्चालनमा ल्याउन समय लागेको हो, उनले भने प्राविधिक भएको भए ३६ घण्टापछि नै सञ्चालनमा ल्याउन सकिने थियो। विद्युतीय शवदाह यन्त्र चलाउने जम्मा ६ जना कर्मचारी रहेका छन्। भने अन्यलाई कर्मचारीलाई तालिम दिन तीन महिना लाग्छ।
त्यस्तै, सरसफाइका लागि एक हप्तासम्म बन्द रहेको पशुपतिको क्रियापुत्री घर पनि आजैदेखि सञ्चालमा आएको छ। १३ दिनसम्म क्रियापुत्री बसिसकेपछि सफाइका लागि केही समय बन्द गरेर पुनः सञ्चालनमा ल्याइएको कार्यकारी निर्देशक खतिवडाले बताए। क्रियापुत्री घरमा आवतजावत गर्नेमा कोरोना संक्रमण नफैलियोस् भनी सजगता अपनाइएको कोषले जनाएको छ।











