Kathmandu Press

सांसदले लगाउने लोगो परिवर्तन हुने

काठमाडौं, जेठ ११ : नेपालको नयाँ नक्सा जारी भएसँगै राष्ट्रिय सभाका सांसदले लगाउने लोगो परिवर्तन हुने भएको छ।  सांसादले लगाउने लोगोमा प्रयोग भ....

सांसदले लगाउने लोगो परिवर्तन हुने

काठमाडौं, जेठ ११ : नेपालको नयाँ नक्सा जारी भएसँगै राष्ट्रिय सभाका सांसदले लगाउने लोगो परिवर्तन हुने भएको छ।  सांसादले लगाउने लोगोमा प्रयोग भएको नेपालको नक्सा मिलाउन लोगो परिवर्तन हुने भएको हो। 

आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुले लगाउने गरेको लोगो नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको छ।

सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि उक्त जक्सा लोगोमा परिवर्तन गर्ने निर्याय गरिएको संघीय संसद सचिवालयका सहायक प्रवत्ता दशरथ धमलाले बताए।

त्यस्तै राष्ट्रिय सभाको १२ गते सोमबारका लागि राखिएको बैठक मुस्लिम समुदायको पर्व इदको दिन परेकोले मंगलबार सारिएको छ। 

सांसदहरुले प्रयोग गर्ने लोगोमा नेपालको नक्सा र झण्डा रहेका छन्।

प्रकाशित मिति: १४:०६ बजे, आइतबार, जेठ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्