कर्णालीमा शान्तिपुर्ण मतदान हुँदै
पूर्वगृहमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोट ५ को यमुना नन्द नमुना मावि मतदान केन्द्रमा पहिलो मतदान गरेका छन्। जनार्दन प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिममा चुनावी प्रतिष्पर्धामा छन्।
सुर्खेत, फागुन २१ : कर्णालीमा बिहानैदेखि मतदान शान्तपुर्ण रुपमा भइरहेकाे छ। विभिन्न पार्टीका प्रमुख नेताहरु र उम्मेदवारहरुले आफ्नो नामावली रहेको मतदान केन्द्रमा पुगेर पहिलो मतदान गरेका छन्।
पूर्वगृहमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोट ५ को यमुना नन्द नमुना मावि मतदान केन्द्रमा पहिलो मतदान गरेका छन्। जनार्दन प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिममा चुनावी प्रतिष्पर्धामा छन्।
नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ ६ को नन्दादेवी मा.वि मतदान केन्द्रबाट मतदान गरेका छन्।
नेपाली काङ्ग्रेस कालिकोटका उम्मेदवार हर्ष बहादुर बमले कालिकोट पचालझरनामा रहेको पञ्चकालिका मावि बाझकोटमा पहिलो मतदान गरे भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद भट्टराईले नरहरिनाथ ३ को गाउँपालिका भवन मतदान केन्द्रमा मतदान गरेका छन्।
नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्व मन्त्री हृदयराम थानीले सुर्खेतको बिरेन्द्रनगर–१ सरस्वती प्रा.वि मतदान केन्द्रबाट पहिलो मतदान गरेका छन्।
कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले कालिकोटको पचाझरना ९ मा रहेको मतदान केन्द्रमा मतदान गरेका छन्।
मतदान सुरुभए पनि कर्णालीका विभिन्न मतदान केन्द्रहरुका मतदाताहरुको उपस्थिति पातलो देखिएको छ।











