Kathmandu Press

पूर्वमन्त्री कुलमान घिसिङले महाँकालबाट गरे मतदान

घिसिङले काठमाडौं महानगरपालिका–६ स्थित महाँकाल जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
पूर्वमन्त्री कुलमान घिसिङले महाँकालबाट गरे मतदान

काठमाडौं, फागुन २१: उज्यालो नेपाल पार्टीका अभियन्ता एवं पूर्वमन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान मतदान गरेका छन्।

घिसिङले काठमाडौं महानगरपालिका–६ स्थित महाँकाल जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले भने, ‘एकदमै उत्साहित छु, अहिलेसम्म छु, जनताले विश्वास गरेर हामी जित्छौं।’

यस पटकको निर्वाचनमा कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत छन्।

प्रकाशित मिति: ०९:३० बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्