Kathmandu Press

भारतबाट फर्किए पाँच लाख ७८ हजार नेपाली

काठमाडौं जेठ ११ : कोरोना भाइरसको प्रभाव बढेपछि भारतबाट पाँच लाख ७८ हजार नेपाली फर्किएका छन्।

कोरोनाको संक्रमण बढेसँगै गत फागुन अन्तिम सातादे....

भारतबाट फर्किए पाँच लाख ७८ हजार नेपाली

काठमाडौं जेठ ११ : कोरोना भाइरसको प्रभाव बढेपछि भारतबाट पाँच लाख ७८ हजार नेपाली फर्किएका छन्।

कोरोनाको संक्रमण बढेसँगै गत फागुन अन्तिम सातादेखि भारतमा रहेका नेपाली फर्किन थालेको गृह मन्त्रालयले जनाएको छ। गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार गत फागुन २५ देखि जेठ १० गतेसम्म पाँच लाख ७८ हजार मानिस फर्किएका हुन्। ‘फागुन २५ गतेदेखि नेपाल प्रवेश गर्ने नाकाहरुमा रेकर्ड राख्न थालिएको हो । त्योभन्दा पहिला रेकर्ड राख्ने चलन थिएन,’ शर्माले भने।

लकडाउन हुनुभन्दा अगाडि धेरै नेपाली फर्किएको उनको भनाइ छ। लकडाउनको समयमा भने ३५ देखि ४० हजार नेपाली भारतबाट फर्किएको उनले बताए।

Hardik ivf

लकडाउन अगाडि आउनेहरुको सामान्य स्वास्थ्य जाँच गरेर घर पठाइएको थियो। अहिले भने सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्नेगरी मात्र नेपाल भित्रइएको उनले बताए।

कुन प्रदेशमा कति जना क्वारेन्टाइनमा ?

स्वास्थ्य मन्त्रालयका अनुसार, देशभर ७७ हजार सात सय २६ जना राख्न सकिने क्वारेन्टाइन रहेका छन्। जसमा अहिले ३२ हजार पाँच सय ८७ जना बसिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार प्रदेश १ मा ६ हजार नौ सय ६९ वेड क्षमताको क्वारेन्टाइन छन्। अहिले एक हजार चार सय ६१ जना राखिएको छ।

प्रदेश २ मा  नौ हजार पाँच सय ८८ बेड रहेको छ भने ६ हजार नौ सय १० जनालाई राखिएको छ। बागमती प्रदेशमा ६ हजार ६ सय ६९ बेड क्षमताको क्वारेन्टाइन छ। अहिले पाँच सय ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

त्यस्तै, गण्डकी प्रदेशमा क्वारेन्टाइनको क्षमता चार हजार चार सय ३२ वेड रहेको छ भने सात सय ७९ जना राखिएको छ। प्रदेश ५ मा २८ हजार तीन सय ९४ वेड रहेका छन्। जसमा अहिले १७ हजार एक सय ३० जना बसिरहेका छन्।

कर्णाली प्रदेशमा पनि ११ हजार चार सय ४४ वेड क्षमता रहेको छ। अहिले भारतबाट आएका एक हजार ६ सय ७० जनालाई राखिएको छ।

सुदूरपश्चिम प्रदेशमा १० हजार दुई सय ३१ वेड क्षमताको क्वारेन्टाइन रहेको छ। जसमा अहिले चार हजार एक सय दुई जनालाई राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी संक्रमित प्रदेश ५ मा

आइतबारसम्म सबैभन्दा बढि कोरोना संक्रमित प्रदेश ५ मा भेटिएका छन्। यो प्रदेशमा दुई सय ७१ जनामा कोरोना देखिएको छ। जसमध्ये २२ जना निको भएका छन भने अरुको उपचार चलिरहेको छ।

प्रदेश ५ मा पनि सबैभन्दा बढी बाँकेको नरैनापुर गाउँपालिकामा एक सय १४ जनाका संक्रमण देखिएको छ। उनीहरुलाई स्थानीय तहको हेरचारमा राखिएको प्रदेश ५ का सूचना अधिकार यमकान्त पाण्डेले बताए।

नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले धेरै जना एकै ठाउँमा राखिदा संक्रमण फैलिएको बताइन्। गाउँपालिकाको १३ स्थानमा रहेका क्वारेन्टाइनमा अहिले सात सय जनालाई राखिएको बताइन्।

त्यस्तै, एक सय १३ जनालाई आइसोलेसनमा राखिएको छ। उनीहरुको खानपिनको व्यवस्था गाउँपालिकाले नै गरिरहेको उपाध्यक्ष श्रीवास्तवले बनाइन्।

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्