Kathmandu Press

नेपाल–ब्रीटेन पिकलबल टुर्नामेन्ट इम्पेरियल वर्ल्ड स्कुलमा सम्पन्न

पुरुष डबल्सतर्फ नेपालका दीपेन्द्र बज्राचार्य र मनोज कुमारको जोडीले स्वर्ण पदक जिते। जोहन माकजु र लक्ष्मण थापाको जोडीले रजत पदक जित्दा हर्षसागर तुलाधर र मणिक रत्न शाक्यले कास्य पदक हात पारे।
नेपाल–ब्रीटेन पिकलबल टुर्नामेन्ट इम्पेरियल वर्ल्ड स्कुलमा सम्पन्न

काठमाडौं, फागुन १९ : पिकलबल एसोसियसन नेपालको आयोजना तथा अरुण चौधरी फाउण्डेसन र सपोर्ट नेपाल यूकेको सहयोगमा नेपाल–ब्रीटेन फ्रेण्डली पिकलबल टुर्नामेन्ट शुक्रबार काठमाडौंको हात्तिगौडास्थित इम्पेरियल वर्ल्ड स्कुलमा सम्पन्न भएको छ। प्रतियोगितामा नेपाल र बेलायतका गरी कुल ५० जना खेलाडीले पुरुष डबल्स र महिला डबल्स विधामा प्रतिस्पर्धा गरेका थिए।

५० वर्षभन्दा माथिका उमेर समूहका खेलाडीबीच भएको प्रतिस्पर्धा विशेष रोचक बनेको थियो। पुरुषतर्फ सबै पदक नेपालले हात पारेको छ भने महिलातर्फ बेलायती खेलाडीले वर्चस्व जमाए। समग्रमा नेपाल र यूकेले बराबरी पदक जित्दै प्रतियोगिता सन्तुलित बनेको छ।

Hardik ivf

पुरुष डबल्सतर्फ नेपालका दीपेन्द्र बज्राचार्य र मनोज कुमारको जोडीले स्वर्ण पदक जिते। जोहन माकजु र लक्ष्मण थापाको जोडीले रजत पदक जित्दा हर्षसागर तुलाधर र मणिक रत्न शाक्यले कास्य पदक हात पारे।

महिला डबल्सतर्फ Karyn Duggan र Claire McKnight ले स्वर्ण पदक जिते भने Steph Grace र Pam Simpson ले रजत पदक जिते। Jenni र Sue Andrew को जोडीले कास्य पदक जित्न सफल भयो।

प्रतिष्ठित व्यवसायी अरुण चौधरीको प्रमुख आतिथ्यतामा खेलाडीहरूलाई पदक वितरण गरिएको थियो। प्रमुख अतिथि चौधरीले पिकलबल खेलबाट आफू निकै प्रभावित भएको बताउँदै छिट्टै स्वयं पनि खेल सुरु गर्ने घोषणा गरे। आगामी प्रतियोगितामा सहभागी हुने प्रतिबद्धता जनाउँदै उनले खेलाडीहरूलाई उत्साह प्रदान गरे।

टुर्नामेन्टबारे जानकारी दिँदै पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले खेल पर्यटनमा ठूलो सम्भावना बोकेको पिकलबललाई नेपालमा तीव्र रूपमा विस्तार गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। आगामी दिनमा यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्दै खेलको विस्तारलाई थप गति दिने योजना रहेको उनले बताए। देशभर पिकलबल पूर्वाधार निर्माण भइरहेको उल्लेख गर्दै उनले केही वर्षभित्र पिकलबल नेपालकै सबैभन्दा रुचाइएको खेलमध्ये एक बन्ने विश्वास व्यक्त गरे।

केही वर्षअघि बेलायतमा बस्ने समाजसेवी नवीन गुरुङले नेपालमा पिकलबल भित्र्याएका थिए। हाल पिकलबल एसोसियसन नेपालले यसको प्रवर्द्धन गर्दै आएको छ। संसारभर तीव्र रूपमा फैलिएको पिकलबल खेल नेपालमा पनि द्रुत गतिमा लोकप्रिय बन्दै गएको हो।
 

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, फागुन १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्