Kathmandu Press

निर्वाचन अनुगमन गर्न देशैभर मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

आयोगले निर्वाचनलाई लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर मानव अधिकारको सवालको रूपमा हेर्दै सम्पूर्ण मतदाताहरुलाई उत्साहपूर्ण रूपमा मतदानमा सहभागी हुन अनुरोध गरेको छ।
निर्वाचन अनुगमन गर्न देशैभर मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

काठमाडौं, फागुन १९ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिनको अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर उच्चस्तरीय अनुगमन टोली खटाएको छ।

आयोगले काठमाडौं उपत्यका र अन्य जिल्लामा आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित टोली गठन गरी निर्वाचन प्रक्रियाको अनुगमन गर्ने आयोगले जनाएको छ  यसअघि आयोगले विभिन्न जिल्लामा निर्वाचनपूर्व अनुगमन गरी प्राप्त तथ्यांकका आधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवालाहरुलाई आवश्यक सुझाव र ध्यानाकर्षण गराइसकेको छ।

Hardik ivf

आयोगले निर्वाचनलाई लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर मानव अधिकारको सवालको रूपमा हेर्दै सम्पूर्ण मतदाताहरुलाई उत्साहपूर्ण रूपमा मतदानमा सहभागी हुन अनुरोध गरेको छ। साथै, मौन अवधि सुरु भइसकेको हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै धैर्यता र संयमताका साथ मतदान प्रक्रियामा सहयोग पु¥याउन सम्पूर्ण राजनीतिक दललाई पनि आग्रह गरिएको छ।

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व रहेको उल्लेख गर्दै आयोगले राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी र आम नागरिकलाई यस कार्यमा सहयोग पु¥याउन प्रेरित गरेको छ। 

आयोगले सरकारलाई देशको शान्ति सुरक्षामा आवश्यक सतर्कता अपनाउन र मौन अवधिमा कुनै अवाञ्छित गतिविधि नगर्न निर्देशन दिएको छ।

त्यसैगरी आयोगले निर्वाचन अवधिमा स्वास्थ्यसेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताको सवारी सुविधा र हवाई उडान जस्ता अत्यावश्यक सेवाहरु सुचारु राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

आयोगले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुने अपेक्षा व्यक्त गरेको छ।

प्रकाशित मिति: १७:२० बजे, मंगलबार, फागुन १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्