Kathmandu Press

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीका आधारमा निर्वाचन आयोगले उनको निर्वाचनको दुई दिनअघि उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। 
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं, फागुन १९ : धनुषा–१मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदावर बनेका किशोरी साहको उम्मेदवारी खारेज भएको छ। 

फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीका आधारमा निर्वाचन आयोगले उनको निर्वाचनको दुई दिनअघि उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। 

Hardik ivf

साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेकाले उनको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो । यसपछि आयोगले गत ११ फागुनमा उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको थियो।

आयोगले हिजो नै उनको उम्मेदवारी खारेजी गर्ने निर्णय गरेको थियो। सो पत्र आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि उनको उम्मेदवारी खारेज भएको हो। 

प्रकाशित मिति: १७:१२ बजे, मंगलबार, फागुन १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्