Kathmandu Press

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

हिजो जनकपुरधाम आईपुगेको परिक्रमा, राती १२ बजेदेखिनै अन्तगृह परिक्रमामा सहभागी भएका छन्। अन्तःगृह परिक्रमामा जनकपुरधाम वरिपरिको ५ कोसको पैदल यात्रा गर्नुपर्ने हुन्छ। मिथिला माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेकाहरुले यस अन्तःगृह परिक्रमा गर्दा १५ दिन परिक्रमा गरेकै सरह हुने जनविश्वास रहेको छ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

काठमाडौं, फागुन १९ : १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज परिक्रमामा सहभागी तथा जनकपुरवासीले अन्तःगृह परिक्रमा गरेका छन्। यो सँगै मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा आज समाप्त भएको छ।

हिजो जनकपुरधाम आईपुगेको परिक्रमा, राती १२ बजेदेखिनै अन्तगृह परिक्रमामा सहभागी भएका छन्। अन्तःगृह परिक्रमामा जनकपुरधाम वरिपरिको ५ कोसको पैदल यात्रा गर्नुपर्ने हुन्छ। मिथिला माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेकाहरुले यस अन्तःगृह परिक्रमा गर्दा १५ दिन परिक्रमा गरेकै सरह हुने जनविश्वास रहेको छ।

Hardik ivf

अन्तगृह परिक्रमामा लाखौं स्थानीयवासीसहित नेपाल भारतबाट मिथिलामाध्यमिकी परिक्रमामा सहभागी हुन आएका परिक्रमा यात्रुहरुको सहभागीता हुन्छ।

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीको मिथिला बिहारी मन्दिरबाट फागुन ८ गतेदेखि भगवानको डोला निस्केपछि १५ दिने मध्यमा परिक्रमा आरम्भ भएको थियो। नेपाल– भारत दुवै देशको धार्मिक, सामाजिक तथा सांस्कृतिकको प्रतीक रहेको परिक्रमा पद यात्राको क्रममा नेपालमा १३ र भारतमा २ गरी १५ वटा विश्रामस्थल छन्। परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १०७ र भारतका २६ गरी १३३ किलोमिटर पैदल यात्रा गर्ने गर्छन्।

आज तराई भेगमा होली मनाईने भएपनि, मिथिलाञ्चलमा भने पूर्णीमा अघिल्लो दिन मात्र होली खेलीने परम्परा रहेको छ। यस अनुसार जनकपुरधाममा भने भोली मात्र होली खेलिने छ।

प्रकाशित मिति: ११:४२ बजे, मंगलबार, फागुन १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्