Kathmandu Press

युएईमा इरानी आक्रमणमा एक नेपालीसहित तीन जनाकाे मृत्यु

युएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १-१ जना नागरिकको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेकाे परिचय भने खुलेकाे छैन।
युएईमा इरानी आक्रमणमा एक नेपालीसहित तीन जनाकाे मृत्यु

काठमाडाैं, फागुन १७ : इरानी आक्रमणमा युएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ। 

युएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १-१ जना नागरिकको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेकाे परिचय भने खुलेकाे छैन।

Hardik ivf

त्यस्तै आक्रमणमा ५८ जना घाइते भएका छन्। घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान, इरानलगायतका नागरिक रहेको रक्षा मन्त्रालयले जनाएको छ। 

युएई रक्षा मन्त्रालयका अनुसार इरानतिरबाट १६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र हानिएको थियो। तीमध्ये १५२ वटा क्षेप्यास्त्रलाई निस्तेज पारिएको र १३ वटा समुद्रमा खसेको पनि रक्षा मन्त्रालयको भनाइ छ। 

त्यस्तै दुई वटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन पनि प्रहार गरिएको रक्षा मन्त्रालयले जनाएको छ । अधिकांश ड्रोनलाई निस्तेज पारिए पनि २१ वटा ड्रोन भने सर्वसाधारण भएका ठाउँमा खसेको जनाइएको छ । 

प्रकाशित मिति: २१:०४ बजे, आइतबार, फागुन १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्