Kathmandu Press

सञ्चारकर्मी अर्नव गोस्वामीविरुद्ध मुद्दा चलाउन भारतीय अदालतको आदेश

काठमाडौं, जेठ ११ : भारतीय रिपब्लिक टेलिभिजनका सञ्चारकर्मी अर्नव गोस्वामीविरुद्ध भारतीय अदालतले मुद्दा चलाउन आदेश दिएको छ। गोस्वामीले साम्प्रदायीक....

सञ्चारकर्मी अर्नव गोस्वामीविरुद्ध मुद्दा चलाउन भारतीय अदालतको आदेश

काठमाडौं, जेठ ११ : भारतीय रिपब्लिक टेलिभिजनका सञ्चारकर्मी अर्नव गोस्वामीविरुद्ध भारतीय अदालतले मुद्दा चलाउन आदेश दिएको छ। गोस्वामीले साम्प्रदायीक सदभाव भड्काएको भन्दै अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको हो।

मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकी पाउँ भन्दै उनले गरेको अपिल सर्वोच्च अदालतले गत मंगलबार खारेज गरेको थियो। उनको अपिल खारेज भएसँर्गै महाराष्ट्र प्रहरीलाई अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

हालै टेलभिजन कार्यक्रममार्फत गोस्वामीले मुम्बई सहरका लाखौं सुकुम्बवासीविरुद्ध  तुच्छ भाषा प्रयोग गरेको भन्दै प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

उनीविरुद्ध अदालतले १४ अलग अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ।

रिपब्लिक टेलिभिजनका मालिक र प्रधान सम्पादकसमेत रहेका गोस्वामीले केही दिनअघि नेपालको नयाँ नक्सा, कालापानी र लिम्पियाधुराका विषयमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसँग गरेको कुराकानीमा पनि चर्काचर्की गरेका थिए।

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, जेठ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्