Kathmandu Press

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

प्रहरीले आइतबार बिहानै प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेकाे थियाे। 
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं, फागनु १७ : जिल्ला अदालत भक्पुरले दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।

प्रहरीले आइतबार बिहानै प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेकाे थियाे। 

उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनी फागुन १३ गते मात्र रिहा भएका थिए।

रिहा भएलगत्तै उनले उनले चुनाव नहुने भन्दै अभिव्यक्ति दिँदै आएका थिए। साेही कारणा चुनाव विथाेलिने भन्दै उनलाई प्रहरीले पक्राउ गरेकाे हाे।

प्रकाशित मिति: १८:५० बजे, आइतबार, फागुन १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्