रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने
आफ्नो सिद्वान्त र बिचार फरक भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा कांग्रेस संग ऐजेण्डा नजिक रहेका रुपन्देही क्षेत्र नं २का क्षेत्रीय अध्यक्ष राम वहादुर थापाले जानकारी दिएका हुन्।
रूपन्देही, फागुन १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले कांग्रेसका उम्मेदवार समाजसेवी एंव उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल)लाई समर्थन गर्ने निर्णय भएको बताएको हो।
आफ्नो सिद्वान्त र बिचार फरक भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा कांग्रेस संग ऐजेण्डा नजिक रहेका रुपन्देही क्षेत्र नं २का क्षेत्रीय अध्यक्ष राम वहादुर थापाले जानकारी दिएका हुन्।
‘अहिले पनि यस निर्वाचनमा हाम्रा सिद्वान्त र बैचारिक भिन्नता भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा नकांग्रेससंग एजेण्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र २ को संगठनलाई एकत्रित गरी राख्न र मुद्दामा वहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनीतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवी एंवम उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ती र आम जनसमुदायमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ।
राप्रपा देश र जनताप्रति सँधै उत्तरदायी भूमिकामा रही आएको उल्लेख गर्दै राप्रपाले विवेकपूर्ण तवरले निर्णय लिएर देश र जनताको स्वाभिमानलाई उच्च बनाई राखेका विज्ञप्तिमा उल्लेख गरेको छ।












