Kathmandu Press

सरकारले भन्यो– मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ

‘मध्यपूर्वमा विकसित पछिल्लो घट्नाक्रमलाई परराष्ट्रमन्त्रालयले नजिकबाट नियालिरहेको छ। मध्यपूर्वमा रहेका लाखौं नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ। यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन्,’ उनले भने।
सरकारले भन्यो– मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ

काठमाडौं, फागुन १७ : परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएको छ।

अमेरिकासँग इजरायल र इरानबीचको द्वन्द्वले मध्यपूर्वका विभिन्न देशहरूमा असुरक्षाको अवस्था सिर्जना गरेपछि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सचिव कमल प्रसाद ढकालले मध्यपूर्वमा विकसित पछिल्लो घट्नाक्रमलाई परराष्ट्रमन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिए।

Hardik ivf

‘मध्यपूर्वमा विकसित पछिल्लो घट्नाक्रमलाई परराष्ट्रमन्त्रालयले नजिकबाट नियालिरहेको छ। मध्यपूर्वमा रहेका लाखौं नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ। यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन्,’ उनले भने।

त्यस्तै उनले अहिलेसम्मको जानकारी अनुसार मध्यपूर्वमा रहेका नेपालीहरु सुरक्षित रहेको र मध्यपूर्वस्थित विभिन्न मूलुकमा रहेका १० वटा नेपाली नियोगहरु त्यहाँ रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहेको जानकारी समेत गराए।

‘अहिले सम्मको जानकारी अनुसार मध्यपूर्वमा रहेका नेपालीहरु सुरक्षित हुनुहुन्छ । मध्यपूर्वस्थित विभिन्न मूलुकमा रहेका १० वटा नेपाली नियोगहरु त्यहाँ रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहेर अवस्था बुझेर परराष्ट्र मन्त्रालयमा रिपोर्ट गरिरहनु भएको छ,’उनले भने।

सहसचिव रामकाजी खड्काका अनुसार मध्यपूर्वका विभिन्न मुलुकमा हाल करिब १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेका छन् । जसमा इरानमा १० जना नेपाली रहेका छन् । ती ४ जना नेपाल फर्किसकेका छन् भने ६ जना इरानमै छन्।

त्यस्तै इजरायलमा करिब ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्मा करिब ७ लाख लेबनानमा १ हजार ५ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १७:२५ बजे, आइतबार, फागुन १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्