स्वच्छ निर्वाचन गराई राजनीतिक सुशासन कायम गर्न सबैको योगदान आवश्यक : गृहमन्त्री
गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए। साथै उनले निर्वाचन आचार संहिताको पालना गर्न गराउन र कानून उलंघन गर्नेलाई कानूनी दायरामा ल्याउन निर्देशन दिए।
बाँके, फागुन १७: गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ निर्वाचन गराई राजनीतिक सुशासन कायम गर्न सबैले जिम्मेवार भई योगदान गर्न आवश्यक रहेको बताएका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन्।
गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए। साथै उनले निर्वाचन आचार संहिताको पालना गर्न गराउन र कानून उलंघन गर्नेलाई कानूनी दायरामा ल्याउन निर्देशन दिए।
गृहमन्त्री अर्यालको नेतृत्वमा गृह सचिव राजकुमार श्रेष्ठ, तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल,नेपालका प्रहरी महानिरीक्षकहरु सहितको टोलीले बांके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा स्थलगत अनुगमन गरेको हो।
अनुगमनको क्रममा बांके जिल्लाको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको लुम्बिनी प्रेदेश प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, अनुगमन अधिकृतहरु लगायतको उपस्थित रहेको थियो।
उक्त कार्यक्रममा बांकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जिल्लामा हालसम्म भएका निर्वाचन सम्बन्धी गतिविधिहरु, एकीकृत निर्वाचन सुरक्षा योजना,सुरक्षाकर्मी परिचालन रणनीति, मतपेटिका ढुवानी योजना लगायतको विषयमा प्रस्तुतिकरण गरेका थिए। सो क्रममा गृह सचिव राजकुमार श्रेष्ठले सबै सुरक्षा निकायहरु आपसमा समन्वयात्म ढंगले समुह भावनाका साथ परिचालित भई निर्वाचन सफल बनाउन निर्देशन दिए।
उक्त कार्यक्रमपश्चात गृहमन्त्री अर्यालले बांके स्थित केहि पत्रकारहरुसँगको सक्षिप्त भेटघाटको क्रममा पत्रकारहरुको सवाललाई संबोधन गर्दै निर्वाचनको माहोल राष्ट्रिय रुपमै उत्साहजनक हिसाबले वढीरहेको र बांकेके हालसम्मको तयारीले समेत त्यसैलाई पुष्टि गर्ने बताए।












