बहुजन पार्टी अध्यक्ष, नेकपा प्रदेश सदस्यसहित १५० कांग्रेसमा, डा.कोइरालालाई सघाउने
नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य विजय कामत कांग्रेसमा प्रवेश गरेका छन्। कामत तत्कालीन माओवादीबाट विराटनगर वडा नम्बर ६ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
मोरङ, फागुन १७ : नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा.शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई कांग्रेस पार्टीमा प्रवेस गराएका छन्।
नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य विजय कामत कांग्रेसमा प्रवेश गरेका छन्। कामत तत्कालीन माओवादीबाट विराटनगर वडा नम्बर ६ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
त्यसैगरि बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी बिराटनगर महानगर समिति सदस्य सन्तोस साह लगायत १५० जना कांग्रेसमा प्रवेश गरेका हुन्।
प्रकाशित मिति: १७:१९ बजे, आइतबार, फागुन १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार