Kathmandu Press

निर्वाचन आचार संहिता उल्लंघनबारे कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा अपरिहार्य हुने उल्लेख गर्दै कांग्रेसले आफू सदैव लोकतान्त्रिक मूल्य, संविधान र मानवअधिकारको संरक्षण तथा संवर्द्धनमा प्रतिबद्ध रहेको जनाएको छ।
निर्वाचन आचार संहिता उल्लंघनबारे कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

काठमाडौं, फागुन १७ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

पार्टी केन्द्रीय कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा केही राजनीतिक दलहरूले स्वच्छ प्रतिस्पर्धाको सिद्धान्तलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार गरिरहेको उल्लेख गरिएको छ।

Hardik ivf

लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा अपरिहार्य हुने उल्लेख गर्दै कांग्रेसले आफू सदैव लोकतान्त्रिक मूल्य, संविधान र मानवअधिकारको संरक्षण तथा संवर्द्धनमा प्रतिबद्ध रहेको जनाएको छ।

विज्ञप्तिअनुसार निर्वाचन प्रचारका क्रममा केही दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम प्रयोग तथा दुरुपयोग गरिरहेको, बालबालिकालाई चुनावी कार्यक्रममा सहभागी गराइएको तथा आयोगको निर्देशन विपरीत राष्ट्रिय झण्डाको प्रयोग भइरहेको उल्लेख गरिएको छ । यसले निर्वाचनको निष्पक्षता र आचारसंहिताको प्रभावकारी कार्यान्वयनमाथि प्रश्न उठाएको कांग्रेसको भनाइ छ।

कांग्रेसले सामाजिक सञ्जालमार्फत् मिथ्या सूचना फैलाएर जनमत प्रभावित गर्ने प्रयास पनि भइरहेको दाबी गरेको छ। यस्ता गतिविधिले निर्वाचनलाई अस्वस्थ प्रतिस्पर्धातर्फ धकेल्ने र मतदातामा भ्रम सिर्जना गर्ने भएकाले आयोगले तत्काल अनुगमन तथा नियन्त्रण गर्नुपर्ने माग पार्टीले राखेको छ।

पार्टीका प्रवक्ता देवराज चालिसेले ध्यानकर्षण पत्र बुझाउँदै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए।

उनले उल्लंघनका घटनामाथि प्रभावकारी छानबिन गरी आवश्यक कारबाही गर्न आयोगसँग आग्रह गरेका छन्।

कांग्रेसले निर्वाचन प्रक्रियामा सबै राजनीतिक दल र उम्मेदवारले आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै त्यसो भए मात्र निर्वाचन परिणामप्रति जनविश्वास कायम रहने उल्लेख गरेको छ।

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, फागुन १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्