Kathmandu Press

बाँकेका स्वास्थ्य र सुरक्षाकर्मीमा कोरोना संक्रमण

बाँके, जेठ ११ : बाँकेमा कोरोना संक्रमण रोकथामका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। नरैनापुर गाउँपालिकाको का....

बाँकेका स्वास्थ्य र सुरक्षाकर्मीमा कोरोना संक्रमण

बाँके, जेठ ११ : बाँकेमा कोरोना संक्रमण रोकथामका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो। 

गाउँपालिकामा भेटिएका २७ संक्रमित मध्ये एक प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए। चौकीमा रहेका अन्य सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ। साथै, सबैको पीसीआर परीक्षणको तयारी भएको छ। 

खजुरा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेका खजुरा –५ का एक युवकमा संक्रमण देखिएको भोलिपल्ट स्वास्थ्यकर्मीमा संक्रमण देखापरेको खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। नरैनापुरमा शनिबार कोरोना संक्रमण देखिएका प्रहरीसहित २७ जनालाई नेपालगञ्ज ल्याएर खजुरास्थित कृषि अनुसन्धान केन्द्रमा तयार गरिएको आइसोलेशन केन्द्रमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

प्रहरी चौकी कालाफाँटा बन्द

प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको छ। 

बाँकेको प्रहरीचौकी कालाफाँटामा कार्यरत २३ वर्षीय प्रहरीलाई  कोरोना संक्रमण देखिएपछि  प्रहरीचौकी कालाफाँटा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सिंहले जानकारी दिए। कालाफाँटा प्रहरीचौकीमा नौ प्रहरी कार्यरत छन्। (रासस)

प्रकाशित मिति: १२:२१ बजे, आइतबार, जेठ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्