Kathmandu Press

हल्चोक प्रहरी बिटमा कार्यरत प्रहरी गोली लागेको अवस्थामा मृत फेला

काठमाडौं, जेठ ११ : काठमाडौंको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत फेला परेका छन्। राति १२ बजेसम्म ड्युटीमा ख....

हल्चोक प्रहरी बिटमा कार्यरत प्रहरी गोली लागेको अवस्थामा मृत फेला
प्रतिकात्मक तस्बिर

काठमाडौं, जेठ ११ : काठमाडौंको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत फेला परेका छन्। राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृत फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

उनको कच्चटमा गोली लागेको पाइएको छ।

सुवेदीका अनुसार आज बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कोठामा चुकुल लगाइएको थियो। ढोका फोरेर हेर्दा कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेको उनले बताए। कार्कीले आफ्नै पेस्तोलले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:०६ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्