‘निर्वाचनमा सुरक्षा मजबुद छ, ढुक्क भएर मतदान गर्नुस्’
मन्त्री अर्यालले गैर कानूनी कृयाकलाप गर्नेलाई कानूनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरिने प्रतिवद्धता जनाए। साथै उनले सबैले निष्पक्ष भएर निर्वाचन गराउनुपर्नेमा जोड थियो।
काठमाडौं, फागुन १५ गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने बताएका छन्।
आसन्न प्रपितनिधिसभा सदस्य निर्वाचनको निर्वाचन सुरक्षा र समग्र शान्ति अवस्थाको निरीक्षण तथा अनुगमनका लागि शुक्रबार ओखलढुंगा पुगेका मन्त्री अर्यालले शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेकाले सबैले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन्।
‘अन्य जिल्ला हेरी ओखलङुंगा शान्त रहेको छ। कानून विपरीत कृयाकलापमा उन्मुक्ति दिइनेछैन। सबैलाई सुरक्षाको पूर्ण अनुभूति दिन्छौँ,’ उनले भने।
मन्त्री अर्यालले गैर कानूनी कृयाकलाप गर्नेलाई कानूनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरिने प्रतिवद्धता जनाए। साथै उनले सबैले निष्पक्ष भएर निर्वाचन गराउनुपर्नेमा जोड थियो।
मन्त्री अर्यालले दैनिक घटनाको विश्लेषण गरी धार्मिक, सामाजिक सद्भाव कायम गर्न तथा उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे।

-1790332718.jpg)